arrow

गड्डाचौकीबाट दुई युवतीको उद्धार

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
kidnapped.jpg.jpeg
कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै रोजगारीको प्रलोभन दिई भारततर्फ लगिँदै गरेका दुईजना युवतीको बुधबार साँझ उद्धार गरिएको छ । 
 
किर्गिस्तानमा रोजगारीमा पठाइदिने भन्दै भारततर्फ लगिँदै गरेका दोलखाकी २० वर्षीया र रामेछापकी २१ वर्षीया युवतीको सीमा नाकामा उद्धार गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् ।  
 
उद्धार गरिएका युवतीलाई माइती नेपालको अद्यावधिक गृहमा राखिएको छ । युवतीलाई भारततर्फ लग्ने कार्यमा संलग्न सिन्धुपलाञ्चोकका ४० वर्षीय विनोद तामाङ र सिन्धुलीका ४७ वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको कार्य गरिरहेको छ । उद्धार गरिएका युवतीलाई परिवारको जिम्मा लगाइने संयोजक भट्टले बताइन् ।  
 
माइती नेपाल कञ्चनपुरले आव २०७२÷७३ को अवधिमा ३०३ जना महिलाको सीमा नाकामा रोकथाम, ३०२ जनाको पारिवारिक पुनःमिलन र २२ जनाको उद्धार गरेको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ