arrow

ओमिक्रोन भेरियन्ट देखिएसँगै बुस्टर डोज लगाउन छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
health_ministry_1617956882.JPG

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोपको तेस्रो डोज अथजा बुस्टर डोज लगाउनेबारे छलफल शुरु गरेको छ । विभिन्न देशहरुले कोभिड-१९विरुद्ध खोपको प्रभावकारी कम हुन नदिन बुस्टर डोज लगाउँदै आएका छन् । नेपालमा बढी संक्रामक हुनसक्ने अनुमान गरिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टरडोज लगाउनेबारे छलफल अघि बढाएको हो ।

अमेरिका, चीन, बेलायत, ईयु, रुस, क्यानडा, फ्रान्स, इजरेल, जमर्नी, ब्राजिल, इटाली, लगायतका ३० बढी देशले कोरोना भाइरसको बुस्टरडोज यसअघि नै लगाउन थालिसकेका छन् । नेपालमा पनि मन्त्रालयले अब, जोखिमपूर्ण समुहका नागरिकलाई बुस्टर डोज लगाउने बारे छलफल अघि बढाएको हो । तर, हालसम्म कुल जनसंख्याको ३४.५ प्रतिशत नागरिकले एक मात्रै डोज लगाएका छन्, भने २८.९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

बुस्टर डोज लगाउने बिषयमा छलफल चलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रशाद पौडेलले बताए । तर, अर्कातर्फ धेरै नागरिकहरुले अहिलेसम्म एक डोजसमेत नपाएको कारण बुस्टर डोज सुरु गरिहाल्ने स्थितीमाथि उनले गम्भीरता प्रकट गरेका छन् ।

यद्यपि, बुस्टर डोज लगाउने विषयमा सकारात्मक छलफल भइरहेको मन्त्रालयको भनाइ छ । यस विषयमा थप निर्णय परिवार कल्याण महाशाखाले गर्नेछ ।

कोरोना भाइरसविरुद्ध विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिएका खोपहरुको पूर्ण मात्रा लगाएको ६ महिनापछि मात्रै बुस्टर डोज लगाइने गरेको छ । पूर्ण खोप लगाएको ६ महिनापछि खोपको प्रभावकारीता केही कम भएको पाइएपछि विज्ञहरुले बुस्टर डोज लगाउन सुझाव दिएका थिए । 

तर, डब्ल्यूएचओले भने धेरै मुलुकहरुले एक डोज समेत खोप नपाएका कारण बुस्टर डोजलाई कम्तिमा सन् २०२२ देखि मात्रै लगाउन थाल्न आग्रह गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ