arrow

एक दर्जन गाविस जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा

logo
कौरव खत्री,
प्रकाशित २०७३ साउन १३ बिहिबार
bridge-2.jpg.jpeg
गुल्मी। गुल्मीको बडागाँउ र वामी जोड्ने झोलुङ्गे पुल बडिघाट नदीमा आएको बाढिले गर्दा उच्च जोखिममा परेको छ।
 
बडागाँउ वडा नं. ८ नौविसे र वामी वडा नं. ९ को झेदीमा रहेको झोलुङ्गे पुल अविरल बर्षासगै बडिघाट नदीमा आएको बाढीले गर्दा झोलुङ्गे पुलको वामी तर्फको कोठा नदीले भत्काउन थालेपछि पुल छड्के समेत परेको र लठ्ठा समेत टुटाउन थालेपछि पुल उच्च जोखिममा परेको स्थानीय विष्णु बहादुर खत्रीले जानकारी दिए।
 
झोलुङ्गे पुलको दुवै कोठाहरुमा नदी पसेकोले केहि पुलका लठ्ठा समेत टुटेको र पुल चुडिने र बगाउने उच्च संम्भावना रहेको समेत खत्रीले जानकारी दिए।
 
पुल नदीले बगाउने खतरा भएपछि बडागाँउबासीहरु र वामीटक्सार बजारमा पढ्ने विद्यार्थी, खेतीकिसानी व्यापारी लगायत वारीपारिे गरि आफ्नो दैनिकी चलाउने सर्वसाधरणहरु र स्थानीय बजारमा जान  पुल टुट्ने खतरा बढेपछि र स्थानीय वासिन्दा  चिन्तित बनेका छन्।
 
सर्वसाधरणहरु नजिकै पुल नहुदा र अझै आफ्नो दैनिकी चलाउन जोखिम मोलेर भएपनि पुलबाट आवत जावत गर्नु पर्ने बाध्यता रहेको छ।
 
उक्त पुल हुदै गुल्मी तथा बाग्लुङका झण्डै एक दर्जन भन्दा बढि गाविसका सर्वसाधरणहरु दैनिक वारीपारिे गर्ने गर्दछन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ