arrow

वैदेशिक लगानीमा ७५ प्रतिशतको गिरावट (विवरण सहित)

पछिल्लो वर्ष पत्याएनन् विदेशी लगानीकर्ताले

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ साउन १३ बिहिबार
काठमाडौं । पछिल्लो आर्थिक बर्षमा नेपालमा लगानी गर्ने अन्तराष्ट्रिय लगानीमा तीन चौथाईको (७५ प्रतिशत) गिरावट आएको छ। आर्थिक वर्ष २०७१-७२ को वार्षिक प्रगतिको तुलनामा आर्थिक वर्ष २०७२-७३ मा दुई तिहाई भन्दा कमको बैदेशिक लगानी नेपाल भित्रिएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। 
 
विभागका अनुसार विभिन्न ६ वटा शीर्षकमा आउने वैदेशिक लगानीमा सञ्चालित उद्योगहरूको कूल लागतको योग अघिल्लो आर्थिक वर्षमा ८१ अर्ब  ३० करोड रहेकोमा पछिल्लो आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७२-७३ मा जम्मा २० अर्ब ३९ करोड ६६ लाख रूपैयाँ कूल लागतको वैदेशिक लगानी मात्रै नेपाल भित्रिएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। यसलाई विश्लेषण गर्दा यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६० अर्ब ९० करोडको कमि हुन आउँछ। 
 
उद्योग विभागले भने भूकम्प र नाकाबन्दीको कारणले गर्दा पहिले दर्ता प्रस्ताव गरेका उद्योगहरू पनि नआएकोले यस्तो कमि भएको दाबी गरेको छ। यो समयमा दर्ता भएको उद्योगको संख्यालाई हेर्ने हो भने अघिल्लो वर्षको भन्दा कूल २७ उद्योगहरू मात्रै कम दर्ता भएको भएपनि लगानीको हिसावमा धेरै लगानी गर्ने उद्योगहरूमा बढी गिरावट आएको हो। 
 
यसरी गिरावट आउनेमा सबैभन्दा बढी कृषि तथा बनस्पतिमा आधारित क्षेत्र रहेको देखिएको छ। जसमा आर्थिक वर्ष २०७२-७३ मा कूल ३९ वटा उद्योगहरू दर्ता भएकोमा अहिलेको वर्ष मात्र २२ वटा उद्योग दर्ता भएको विभागका निर्देशक रूद्र बहादुर मल्लले जानकारी दिए। उनले भूकम्प र नाकाबन्दी नै यसरी विदेशी उद्योगको दर्ता हुन बाधा सिर्जना गर्ने मुख्य कारक रहेको पनि दाबी गरे। 
 
त्यस्तै, सेवा क्षेत्रका उद्योगहरूमा भने अघिल्लो वर्षको भन्दा यो वर्षको दर्ता हुनेको संख्यामा बृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ। जसमा पहिलो वर्षमा कूल एक सय २३ वटा उद्योग दर्ता भएकोमा यो वर्ष २० वटा बढेर कूल १ सय ४३ वटा पुगेको छ। यस बाहेक अन्य शीर्षकहरू पर्यटन, उत्पादन, सेवा क्षेत्र र निर्माण क्षेत्रहरू सबैमा लगानी गर्नेको संख्या पनि गिरावट भएको विभागले जनाएको छ। 
 
दुई वर्षको बैदेशिक लगानीका उद्योगहरूको विभागको तथ्याङ्कमा : 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ