arrow

प्रचण्डलाई अफ्ठ्यारो पार्नेलाई मन्त्री नबनाइने

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
prch-new-news.jpg.jpeg
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बन्न लागेका पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सजिलो हुने गरी पार्टीबाट मन्त्री पठाउने निर्णय गरेको छ । विहिबार बसेको केन्द्रीय कार्यालय बैठकले सैद्धान्तिक सहमति गर्दै दाहाललाई सजिलो हुने गरी सरकारमा मन्त्री पठाउने निर्णय गरेको हो । 
 
माओवादी प्रवक्ता पम्फा भूषालका अनुसार पार्टीले पुराना नयाँ भन्दा पनि अध्यक्षलाई काम गर्न सजिलो हुने व्यक्तिहरुलाई सिफारिस गर्ने निर्णय भएको छ । उनले हाम्राकुरासंग भनिन्, ,‘व्यक्तिबारे टुंगो लागेको छैन । सैद्धान्तिक रुपमा समावेशी, समानुपातिक र क्षमताका आधारमा मन्त्री पठाउने भन्ने कुरा भएको छ । ती पुराना पनि हुन सक्छन्  । नयाँ पनि हुन सक्छन् ।’ अध्यक्ष ज्यूलाई सजिलोसंग सरकार चलाउन सहयोग गर्ने व्यक्ति जान्छन् । 
 
माओवादीको भागमा प्रधानमन्त्रीसहित ९ जना मन्त्री भाग पर्ने छन् । यद्यपि, अन्य दल सरकारमा आए त्यो संख्या केही घट्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ