arrow

आफ्नै साथीले गरे योजनाबद्ध रूपमा श्रेष्ठको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २२ बुधबार
hatya-murder.jpg

भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् । 

मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका-३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक-१ सिरुटार पुरानो घर भई सूर्यविनायक-३ बस्ने श्रेष्ठको गएराति पौने १० बजे कुटपिट गरी फर्माले हानेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । 

हत्यामा संलग्न रहेको अभियोगमा बालकोट बस्ने राजनकै साथी करिब ३२ वर्षीय हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विकलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले बिहान अपराध अनुसन्धान महाशाको टोली र जिल्लाको प्रहरी कार्यालयको टोलीसहित तालिम प्राप्त कुकुरको सहायताबाट घटनाबारे थप रहस्य खुलाउँदै हत्याको घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरी अनुसन्धान गरेको जानकारी दिए । यसबारेमा थप विस्तृत विवरण साँझसम्ममा सार्वजनिक गर्ने उनले जानकार दिए ।

महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको अनुसन्धानमा प्रहरीले जानकारी दिएको छ । यसबारेमा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले अनुसन्धान जारी रहेको बताए । उनका अनुसार राजनले हेमन्तसँग लिनुपर्ने पैसा दिन्छाँै भन्दै हेमन्तले गठ्ठाघरबाट सँगै लगेर फलामे पुल तरेपछि एकान्त ठाउँमा पुर्‍याएर कुटपिट गरेको र प्रेमले फर्माले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

लेनदेनबाटै घटना सृजना भएको पाइएको उनले बताए । हत्या गर्ने र शवसमेत गायब पार्ने गरी योजनाबद्ध रुपमा घटना घटाइएको पाइएको प्रहरीको भनाइ छ । राति कुटपिट गरेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको उनले जानकारी दिए । मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ