arrow

धनकुटा बस दुर्घटना : बाबुराम सरकारका अर्थ राज्यमन्त्री खेवासहित ९ को मृत्यु

मृतक ५ जनाकाे सनाखत

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
Dhankuta-hamrakura.jpg.jpeg
धनकुटा । संखुवासभाबाट धरान आउँदै गरेको यात्रु बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री सहित ९ जनाको मृत्यु भएको छ । सात यात्रुको घटना स्थलमै र दुई जनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । 
 
दुर्घटनामा १८ बढी यात्रु घाइते भएका घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ । घाइते मध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । मृत्यु हुनेमा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित ५ जनाकाे मात्रै सनाखत भएको छ । खेवा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री भएका थिए। मृत्यु हुने अन्यमा  धरान -२ का वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बहादुर बस्नेत परेवादिन ५ की थिनमाया तामाङ  र परेवादिन -७ की अतिमाया तामाङ छन् । बाँकीकाे सनाखत हुन सकेको छैन । 
 
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 
  
धनकुटाको परेवादिन–५ को सिदुवा बजारनजिकै बा २ ख ७३६६ नम्बरको बस घुम्ति नकाटी सोझै तल खसेको हो । खराब मौसमका कारण बाक्लो हुस्सु लागिरेकाले चालकले बाटो ठम्याउन नसक्दा दुर्घटना भएको घटनास्थल पुगेका प्रहरी उपरीक्षक विभूतीराज पाण्डेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ