arrow

स्थानीय निकायको सीमा निर्धारणमा विवादैविवाद

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
Kalikot-hamrakura.jpg.jpeg
कालीकोट । स्थानीय निकाय पुनःसंरचनासम्बन्धी सीमा निर्धारणका विषयमा जिल्लामा विवाद चर्किंदै गएको छ । 
 
जिल्ला विकास समिति कालीकोटलाई समन्वय गर्ने गरी आएको निर्देशनअनुसार जिल्लाका ३० वटा गाविसलाई पाँच गाउँ कार्यपालिकामा लैजानुपर्ने भएपछि विवाद चर्किएको हो । विभिन्न राजनीतिक दलले गाउँ कार्यपालिकालाई आ–आफ्नो पायक पार्ने गरी बनाउन सुझाव दिएका छन् । जसमध्ये अधिकांशले पाँचदेखि बढीमा नौ वटा कार्यपालिका बनाउनका लागि जोड दिएका हुन् । 
 
पत्रकारहरुसँगको भेटमा स्थानीय विकास अधिकारी प्रदीपराज अधिकारीले सबैको राय बुझेर साउन मसान्तसम्म कार्यपालिका छनोट गरी पठाउने बताएका छन् । हाल कायम रहेका ३० गाविसलाई राजनीतिक विभाजनमा आठ गाविसलाई मिलाएर दुई नगरपालिका र बाँकी रहेका २२ वटा गाविसलाई गाउँ कार्यपालिका बनाउनुपर्नेमा जोड दिइएको छ । 
 
राज्यको पुनःसंरचनालाई मिलाएर लैजाँदा नमिल्ने भूगोल भएकाले गाविसलाई टुक्र्याएर कार्यपालिका गठन गर्ने भएको बताइएको छ । राजनीतिक दलहरुले नौ वटा कार्यपालिका बनाउन जोड दिएकाले जिल्लामा पत्रकारहरुले चार वटा कार्यपालिका र दुई नगरपालिका बनाउन अनुरोध गरेका छन् । पत्रकार महासङ्घ कालीकोटका सचिव रत्न कार्कीले संरचना निर्धारण गर्नका लागि सबै सरोकारवालासँगको अन्तक्र्रियात्मक छलफल गरी स्थानीय निकायको निर्धारण गर्नुपर्नेमा जोड दिनु भयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ