arrow

खेलाडीलाई बालुवाटारमा सम्मान, प्रदर्शनबाट सन्तुष्ट हुने अवस्था आएको छैन : प्रम ओली

निमा र फूपूलाई ५–५ लाख

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
PM-oli-ko-samman.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलकुद देखि अझै सन्तुष्ट हुने अवस्था नरहेको भन्दै खेलकुद क्षेत्रको विकासका लागि आवश्यक पहल गर्नु पर्ने बताएका छन् । 
 
भारतको गुवाहाटी र सिंलोङमा भएको १२ औं दक्षिण एशीयाली खेलकुदका पदक विजेता खेलाडी र प्रशिक्षक एवं राष्ट्रिय संघहरुलाई बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले खेलकूद क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिइरहेको बताए । 
नेपाली खेलाडीले आर्थिक र संरचना अभावका कारण सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको भन्दै सन्तुष्ट हुने अवस्था अझै नआएको सुनाए 
 
कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न खेलमा पदक हासिल गर्ने खेलाडी तथा  प्रशिक्षकलाई पालै पालो सम्मान गरे । सम्मानका क्रममा सागमा स्वर्ण जित्ने उसुकी निमा घर्तीमगर र जुडो की फूपूल्याहामू खत्रीले समान ५–५ लाख पाए । यस्तै, स्वर्ण जित्ने फुटबल टिमका प्रत्येक सदस्यले जनही २–२ लाख पाए । यस्तै, तेक्वान्दोमा रजत जित्ने सबै खेलाडीले ३–३ लाख पाएका छन् । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ