arrow

प्राधिकरणमा गुनासा दर्ता गर्नेमा अधिकांश फर्जी पीडित, जरिवाना लिई सूचीबाट हटाइने

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
reconstruction-authority.jpeg.jpeg
काठमाडौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पीडितले दर्ता गरेका गुनासाहरुको सुनुवाई सुरु गरेको छ । स्थानीय स्तरबाटै गुनासाहरुको सुनुवाई सुरु भइसकेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनालाई लिएर हाल सम्म प्राधिकरणमा १ लाख ६ गुनासा दर्ता भइसकेका छन् । गुनासो सुनुवाई र छानविन स्थानीय स्तरबाट सुरु भइसकेको प्राधिकरणका प्रवक्ता राम प्रसाद थपलियाले बताए । 
 
उनका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको पीडितको गुनासा सुनुवाई र छानविनमा मह्वपूर्ण भूमिका हुने छ । उनले भने, ‘जिल्लामा विधि प्रक्रिया तोकेर छानविन सुरु भइसकेको छ । प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण हुन्छ । वास्तविक कोही पीडित छुटेका भए बीचमा पनि थप्न सकिने छ ।’ तर, अधिकांश वैकल्पिक घर भएकाहरुले समेत गुनासा दर्ता गरेको भन्ने मैले सुनेको छु । उनले थपे, ‘त्यसो भएको भए विधि प्रक्रिया अनुसार छानविन हुन्छ । पीडितका नाममा
घुस्नेहरुलाई जरिवाना सहित पीडितको सूचीबाटै हटाइने छ ।’ कसैलाई मर्का पर्ने वित्तिकै विधि अनुसार हामी तत्काल समस्या समाधान गर्ने छौं । 
 
यस्तै, पुनःनिर्माण प्राधिकरणमा आएका मुद्दाहरु सुनुवाई गरिसकेपछि त्यसमाथि पुनरावेदन लाग्ने भएमा भदौबाट त्यो काम हुने प्राधिकरण पुनरावेदन समितिका सदस्य अधिवक्ता भीष्मराज कडरियाले बाए । 
 
उनले भने, ‘हामीले पुनरावेदन दर्ता गरिसकेपछि हामी कहाँ काम सुरु हुन्छ । जिल्लामा सुनुवाई भएका मुद्दा केन्द्रमा आइसकेपछि केन्द्रको निर्णय उपर हामी कहाँ कानुन लाग्छ । पुनरावेदन दर्ता गरिसकेपछि यसको संक्षिप्त कार्यविधि ऐन २०२८ अन्तर्गतको प्रक्रिया अपनाउँछौं ।’ त्यो प्रक्रिया अपनाउँदा सके सम्म तीन महिना भित्र मुद्दा फछ््र्योट गर्ने भन्ने हो । 
 
कडरियाका अनुसार छिटो छरितो पीडितलाई सेवा दिन अरु कार्यविधि समेत बनाउनु पर्नेछ । उनले भने, ‘केही कार्यविधिहरु करिब करिब बनिसकेका छन् र आगामी हप्ता ती कार्यविधिले अन्तिम रुप पाउने छन् ।’ त्यो कार्यविधिले नसकेको कुराहरु पुनरावेदन अदालतको नियमावली अनुसार संचालन गर्छौं । भूकम्प पीडितलाई कँहीबाट मर्का परोस् भन्ने हाम्रो सोच हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ