arrow

बिहिवारको शेयर कारोवारमा कस्ले कमाए कस्ले गुमाए?

दुई अर्ब तीस करोडको सेयर कारोबार

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
Share-Market-Tips.jpg.jpeg
काठमाडौँ। धितोपत्र बजारमा आज नेप्से परिसूचक ३.५२ अङ्कले घटेर एक हजार ८७७ बिन्दुमा ओर्लिएको छ । तर कारोबार रकम भने घटेको छैन । 
 
नेपाल स्टक एक्चेन्जका अनुसार आज रु दुई अर्ब ३० करोड पाँच लाख १६ हजार बराबरको कारोबार भएको छ । कुल १४७ कम्पनीको एक करोड सात लाख सात हजार १४६ कित्ता सेयर कारोबार भएको छ । 
 
जलविद्युत् ०.३४, विकास बैंक ०.२४ वाणिज्य बैंक ०.१५, अन्य समूह ०.५२, उत्पादन २.१९, होटल समूहको सेयर कारोबारमा शून्य प्रतिशतले कमी आएको छ भने फाइनान्स ०.६६ र बिमा समूह ०.०४ प्रतिशतले बढेको स्टकले जनाएको छ । 
 
नेपाल बैंक लिमिटेडको रु २३ करोड ५० लाख, सिद्धार्थ बैंकको रु ११ करोड ५३ लाख, एनएमबी र नेपाल बैंक लिमिटेडको रु आठ आठ करोडको सेयर कारोबार भएको छ । बोटलर्स नेपालको सेयरको मूल्य झन्डै १० प्रतिशतले कमी आएपछि उत्पादन समूहको सेयर नै ओरालो लाग्यो । देव विकास बैंक र ललितपुर फाइनान्सका लगानीकर्ताले आज नौ प्रतिशत बढीले नाफा कमाए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ