arrow

सप्तरीको तिलाठीमा कसरी भयो नेपाली र भारतीयबीच झडप ? अझै ढुङ्गा हानाहान

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
Saptari-hamrakura.jpg.jpeg
काठमाडौं । सप्तरीको भारतीय सीमा क्षेत्र नजिक रहेको खाँडो नदीमा भारतीय पक्षले एकलौटी बाँध बाँध्न थानले पछि नेपाली पक्षले यस विषयमा विरोध जनायो ।
 
दशगजासँगै जोडिएको भारतीय भूमिमा यस भन्दा अघि नै बनाएको बाँध खाँडो नदीले गत शनिबार भत्काईदिएपछि सानासाना टहरामा बसेका भारतीयहरू एकलौटी रूपमा आइतबारदेखि बाँध बाँध्न सक्रिय भएका थिए । उनीहरूले आफूले बाँध बाँध्दा नेपालको पाँच गाविसमा हुने डुवानको बारेमा कुनै वास्ता नगरेपछि नेपाली पक्ष समेत आक्रोशित बन्यो । 
 
यसरी भारतीय पक्षले यस अघि नै बाँधेको बाँधले नेपालका पाँच गाविसहरू रनपुरा मलहनियाँ, चकरपुरा, लौनिया र तिलाठी गाविस हरेक वर्ष डुवानमा पर्दै आएको थियो । यसै विषयमा नेपाली पक्ष र भारतीय पक्षबीच बिहीबार झडपको स्थिती सिर्जना हुने बेलासम्म पनि पर्याप्त प्रहरी नपठाएको भन्दै स्थानीय अक्रोशित बनेका छन् । 
 
हाम्रा सप्तरी संवाददाता सञ्जीव विक्रम शाहका अनुसार अहिले पनि त्यस क्षेत्रमा ढुङ्गा हानाहानको स्थिती रहेको छ । झण्डै दुई सयको हाराहारीमा नेपाली र झण्डै ५ सयको हाराहारीमा भारतीयहरूबीच ढुङ्गाहानाहान भईरहेको हो । अहिले भारतीय पक्षले लगाएको बाँधमध्ये नेपाली पक्षले धेरै भाग भत्काईदिएकोले झडप सिर्जना भएको भएपनि समयमा नै दुबैदेशको प्रहरी पुगेकोले स्थिती सामान्य भईसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ