arrow

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा नेपाल भारतसँग पराजित

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
volleyball.jpg.jpeg
काठमाडौँ । भारतविरुद्वको पहिलो मैत्रीपूर्ण महिला भलिबल खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा आज भएको खेलमा भारतले नेपाललाई २५–२०, २५–१९ तथा २७–२५ ले लगातार पराजित गर्‍यो ।
 
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रतिभा मालीले सर्वाधिक २६ स्कोर गरिन् । उनी खेलकै सर्वाधिक स्कोर गर्ने खेलाडी हुन् । त्यस्तै नेपालका तर्फबाट दोस्रो सर्वाधिक स्कोर गर्नेमा अरुणा शाही बनिन् । उनले ७ स्कोर जोडेकी थिइन् । सरस्वती चौधरीले भने ६ स्कोर जोडिन् । 
 
खेलपछि नेपाली टोलीका प्रशिक्षक सन्देशकुमार रिमालले प्रतियोगितामा जित हासिल गर्न नसके तापनि नेपालका तर्फबाट उत्कृष्ट खेल प्रदर्शन गरिएको बताए । उनले भने  “हामीले आफ्नो स्तर अनुसार राम्रो खेलेका हौँ ।” 
 
त्यसैगरी नेपाली टोलीको कप्तान विनिता बुढाथोकीले खेलको लगभग अन्तिम समयमा खेल नियन्त्रणमा राख्न नसकिएको बताइन् । त्यस्तै भारतीय टोलीका प्र्रशिक्षक वैशाली फडतरेले नेपालले आज राम्रो खेल खेलेको टिप्पणी गरिन् । 
 
उक्त मैत्रीपूर्ण खेलको उद्घाटन राखेपका सदस्य सचिव केशवकुमार विष्टले गरेका थिए । नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेल शुक्रबार अपराह्न २:३० बजे राखेपको कभर्ड हलमा हुनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ