arrow

आज भोटोजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
bhoto.jpg.jpeg
काठमाडौं । आज भोटोजात्रा । रातो मच्छिन्द्रनाथको रथ ललितपुरको थटीटोलबाट गत मंगलबार (साउन ११)  तानेर जावलाखेल पु¥याइएको चौथो दिन आज भोटोजात्राको साइत परेको हो । 
 
ज्योतिषीले साइत हेरी रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुरको थटीटोलबाट जावलाखेल पु¥याएको चौथो दिन भोटो जात्रा देखाइन्छ ।
 
सोही अनुसार आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । 
 
किंवदन्ती अनुसार टौदहलाई राजधानी बनाएर नागराज्य चलाएका राजा कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटकले उपचारका लागि वैद्यको खोजी गरे । 
 
खेतमा काम गरिरहेका किसानलाई लगेर उपचार गर्न अनुरोध गरे । किसानले हातको मयल माडेर औषधिका रुपमा रानीको आँखामा हालिदिए । संयोगवश आँखा निको भयो । खुसी भएका नागराजले किसानलाई हिराजडित भोटो दिएर पठाए ।
 
एक दिन किसानले खेतको डिलमा भोटो राखेर काम गर्न थाले । एउटा भूतले आएर भोटो लग्यो । त्यसको भोलिपल्ट रातो मच्छिन्द्रनाथको रथ यात्रा हेर्न किसान थटीटोल जाँदा भूतले भोटो लगाएर आएको देखेपछि दुवैबीच झगडा भएकाले भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।
 
त्यसबेलाका राजाले भोटोको प्रमाणसहित लिन आउनू भनी रथ जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने चलन चलेको उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ