arrow

झापामा बस दुर्घटना हुदा १२ जना घाईते

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
Jhapa-hamrakura.jpg.jpeg
दमक । झापाको दमक–चियाबगान सडकखण्डको बेतनी कल्र्भटमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
 
घाइतेमध्ये बसमा सवार एक वृद्धाको अवस्था गम्भीर रहेको छ। काकड्भिट्टाबाट उदयपुरको बेल्टारतिर जाँदै गरेको मे १ ख ९७१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार चालकसहित १२ जना घाइते भएका छन्।
 
बिहान ७:३० बजे दमक–१६ स्थित पूर्व–पश्चिम राजमार्गको बेतनी कल्भर्टमा उक्त बस अनियन्त्रित भएर पल्टिँएको हो।
 
दुर्घटनामा परी घाइते भएकामध्ये बेल्टार–६ निवासी ६० वर्षीया याममाया कटुवाललाई थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। अन्य घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको जनाइएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ