arrow

क्षमताभन्दा बढी कैदीबन्दी भएको दार्चुला कारागारमा थपिए अझ कैदी

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ मंसिर २९ बुधबार
darchula-karagar1.jpg

दार्चुला । हिमाली जिल्ला दार्चुलाको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुदाँहुदै पनि थप ८ जना कैदी मङ्गलवार कञ्चनपुरबाट ल्याइएका छन् । त्यहाँको कारागारमा ठाउँ अभाव भएपछि दार्चुला, डडेलधुरा र कैलाली २८ जना कैदी पठाइएका हुन् ।
 
मङ्गलवार राती ८ कैदी कञ्चनपुर कारागारबाट दार्चुला कारागार स्थानान्तरण गरिएको जिल्ला कारागार दार्चुलाका जेलर वीरेन्द्र सिंह धामीले जानकारी दिए । कञ्चनपुरबाट एकै दिन २८ कैदीबन्दीको स्थानान्तरण गरिएको छ । 

कञ्चनपुरबाट १० जना कैलाली, १० जना डडेलधुरा र ८ जनालाई दार्चुला कारागार पठाइएको हो । यो सँगै अब दार्चुला कारागारमा कैदीबन्दीको सङ्ख्या ६९ पुगेको छ । जहाँ ४० जनाको मात्रै बस्ने क्षमता रहेको छ । 

अहिले दार्चुला कारागारमा ५१ जना कैदी, ९ जना थुनुवा र १ नबालिका गरी ६१ कैदीबन्दी छन् । कारागारमा क्षमता भन्दा बढी कैदीवन्दी हुँदा समस्या आएको जेलर धामीले बताए । 

उनले भने, 'भवन नहुँदा कैदीबन्दीहरुले एकै कोठामा क्षमता भन्दा धेरै बस्नुपर्ने बाध्यता छ, अहिले चिसो पनि अत्यधिक बढेको छ जसले व्यवस्थापनमा निकै नै समस्या निम्त्याएको छ । ' 

जिल्ला कारागार दार्चुलामा मानव बेचबिखन, कर्तव्य ज्यान मुद्दा, जबरजस्ती करणी, मानव बेचबिखन, बालविवाह, बहुविवाह, लागुऔषध लगायतमा संलग्न कैदीबन्दीहरु रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ