पूँजीवादको चरित्रबारे मैंले गरेको विश्लेषण सही छः प्रचण्ड
‘ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो’
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
572
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी गरेका छन् ।
नेपालको शेयर बजारका सन्दर्भमा आफ्नो पार्टी र आफू समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको उनले स्पष्ट पारेका छन् ।
विहीबार विहान एक विज्ञप्ति सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति खेद जनाउँदै ‘ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो’भनेका छन् ।
‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्,’प्रचण्डले विज्ञप्तिमा भनेका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ,‘केपी ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’