arrow

तिलाठीमा ‘तत्काल’ बाँध नबाँध्ने ‘मौखिक सहमति’

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
ghaite.jpg.jpeg
काठमाडौं । बिहिबारदेखि तनाव सिर्जना भएको नेपाल र भारतको सीमानामा नेपाली र भारतीय पक्षले तत्कालको लागि कुनैपनि भौतिक संरचना नबनाउने मौखिक सहमति भएको छ । स्थानीय विकास अधिकारी बलदेव गौतम र विहारको सुपौल जिल्लाका डिस्ट्रिक मेजेस्ट्रि बैजनाथ प्रसाद यादवबीच शुक्रबार मौखिक सहमति भएको सप्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए । 
 
शुक्रबार सुपौल जिल्लाको पुनौलीमा भएको दुई पक्षीय छलफल पछि दुबै पक्षबीच तत्कालको लागि सीमा क्षेत्रमा कुनै पनि बाँध नबाँध्ने विषयमा मौखिक सहमति भएको उनले जानकारी दिए । तर तत्कालको लागि भनेको कति समय हो भन्ने विषयमा भने स्पष्ट नहुँदा भारतीय पक्षले फेरि बाँध बाँध्न सुरू गर्ने भन्दै स्थानीयले भने असन्तुष्टि जनाएको सप्तरीबाट हाम्रा संवाददाताले जनाएका छन् । 
 
यो बाँधको विषयमा यस अघि पनि पटकपटक सहमति हुँदै आएको र भारतीय पक्षले नै पटकपटक सहमति उल्लंघन गर्दै आएको कुरा बिहीबारमात्रै प्रमुखजिल्ला हधिकारी गौतमले पत्रकारहरूसँग गरेका थिए । तर शुक्रबार पनि यस विषयमा सामान्य सहमति मात्रै भएकोले स्थानीयले भने सन्तुष्ट हुनसक्म्ने अवस्था नरहेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ