arrow

अपेक्षाअनुसार सेवा दिन सकिएको छैन : अर्याल

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
upendrakanta-aryal-doti-news.jpg.jpeg
बनेपा । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नागरिकको अपेक्षा अनुसारको सेवा दिन नसकेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले धुलिखेलमा निर्माण गरेको प्रहरी प्रमुखको निवास उद्घाटन कार्यक्रममा उनले नागरिक र प्रहरीबीचको आशङ्का र खाडललाई पुर्न जरुरी छ भने। 
 
प्रहरी महानिरीक्षक अर्यालले नागरिक र प्रहरीबीच दुरी बढे प्रहरी अपराधिको साथी हुने तर्क गर्दै प्रहरीको काम र व्यवहार जनतासँग जोडिएको हुनुपर्ने बताए । प्रहरीले नागरिकसँग मिलेर काम गर्नुपर्नेमा जोड दिँदै उनले यातायात, सञ्चार र प्रविधिको विकासले अपराधिक मनोवृत्ति बढेको विश्लेषण गरे । 
 
अपराध र अपराधिको दृष्टीकोणले काभ्रेपलाञ्चोक संवेदनशील भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले प्रहरी सङ्गठनलाई जीवन्त राख्न नागरिकसँग मिलेर प्रहरीले काम गर्नुपर्ने बताए  । 
 
बनेपाका स्थानीय व्यवसायी रामभक्त प्रधानले प्रदान गरेको रु २९ लाख २७ हजार ८२८ को बजेटमा चार कोठासहितको प्रहरी उपरीक्षकको निवास धुलिखेलमा निर्माण भएको हो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ