arrow

मध्य पहाडी लोकमार्गको पुर्वी खण्डमा जताततै पहिरो झरेपछि सडक अवरुद्ध

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ साउन १४ शुक्रबार
mid-high-highway.jpg
पाँचथर। राष्ट्रिय गौरबको आयोजनाका रुपमा परिचित मध्य पहाडी लोकमार्गको पाँचथर र तेह्रथुम खण्डका विभिन्न स्थानमा पहिरो गएसँगै यातायात अवरुद्व भएको छ ।
 
अविरल बर्षासँगै पाँचथरको फिदिम ५ सगरखण्डे क्षेत्रमा मात्रै शुक्रवार विहान आधा दर्जन अधिक स्थानमा पहिरो गएको छ भने च्याङथापु र ओयाम क्षेत्रमा दर्जन भन्दा धेरै स्थानमा पहिरो र ढिस्काले यातायात अवरुद्व गराएको छ ।
 
पहिरो गएर सडक अवरुद्व भएपछि शुक्रवार विहान तेह्रथुमको चुहानडाँडा र संक्रान्ती वजारवाट पाँचथरको सदरमुकाम फिदिम हुँदै झापाको विर्तामोडतर्फ हिँडेका सयौं यात्री बाटैमा अलपत्र परेका छन् ।
 
भर्खरै मात्रै कालोपत्रे गर्ने काम सकिएको मध्य पहाडी लोकमार्गको फिदिम तेह्रर्थुम खण्डमा पहिरोसँगै ठुल ठुला ढुंगा खसेकाले स्कावेटर प्रयोग नगरी पन्छाउने सम्भावना नभएको यातायात व्यवसायीहरुले वताएका छन ।
 
मध्य पहाडी लोकमार्ग पाँचथर तेह्रथुमका साइड इन्जिनियर भरत आचार्यले निर्माण चरणमै रहेका उक्त खण्ड निर्माण व्यवसायीले काम सकेर ठेक्का वुझाउन वाँकी रहेको तथा आफुहरुसँग पर्याप्त उपकरण नहुँदा पन्छाउन ढिलाई हुनसक्ने वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ