arrow

नेपालगंजमा वाइल्ड लाइफ फोटो प्रदर्शनी

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
worldlifephoto.jpg.jpeg
नेपालगंज। अन्तराष्ट्रिय बाघ दिवसको अवसरमा नेपालगंजमा नेपाल वाइल्ड लाइफ एण्ड नेचर फोटो प्रदर्शनी सुरु भएको छ ।प्रदर्शनीको प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताले बाघको तस्वीरको फोटो खिचेर उद्घाटन गरे। सो अवसरमा बौल्दै उनले यो प्रदर्शनीले वन्यजन्तु संरक्षण अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।
 
 प्रदर्शनीमा दुर्लभ वन्यजन्तु तथा प्रकृतिसँग सम्बन्धित १ सय ५ वटा तस्वीरहरु राखिएका छन् । कार्यक्रममा वोल्दै आयोजक संस्था अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले वन्यजन्तु संरक्षण अभियानमा टेवा पूर्‍याउनुका साथै प्रकृति, वन्यजन्तु र मानवजातिवीचको अन्योन्याश्रित सम्बन्ध वारे जागरुक गराउनु कार्यक्रमको उद्देश्य भएको वताए ।
 
 प्रदर्शनी अवलोकन गर्न प्रतिकुल मौसमका वावजुद मानिहरु पुगेका थिए । मूलुकको पछिल्लो अवस्था झल्किने वाढी, ढुवान र उद्धार कार्यका केही तस्वीरहरु पनि प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी शनिवार सम्म चल्नेछ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ