arrow

‘सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’को सोचाइ गलत’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता कमल थापाले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’को सोचाइ गलत र प्रत्युत्पादक भएको प्रतिक्रिया दिएका छन् ।

अध्यक्षमा पराजित भएपछि थापा पूर्व राजपरिवारका सदस्यहरुप्रति निरन्तर आक्रोश ब्यक्त गर्दै आइरहेका छन् । उनले आइतबार पनि सामाजिक संजालमा पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ लक्षित गर्दै प्रतिक्रिया लेखेका छन् ।

राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुनः स्थापनाको एकमात्र बाटो भएकाले बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था नफर्किने जिकिर पनि गरेका छन् ।

उनले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने ‘निर्मल निवास’को सोचाई गलत र प्रत्युत्पादक भएको पनि उल्लेख गरेका छन् ।

आफू पराजित हुनुको कारण निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको भन्दै आक्रोशित भएका थापा राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने उदघोष गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ