- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखराका विश्वासराज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट भएका छन् । व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एमफिल तहको परीक्षामा ३.९६ जीपीए ल्याएर सर्वोत्कृष्ट भएका थिए ।
उनी काठमाडौंमा सोमवार सम्पन्न त्रिविको ४७ औँ दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट विभूषित भए ।
दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सो स्वर्ण पदक प्रदान गरेका थिए ।
पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा मिलनचोकका ३४ वर्षका उनी पिता गोविन्द पौडेल र माता मन पौडेलका कान्छा सुपुत्र हुन् ।
पोखरा १ स्थित राष्ट्रिय उच्च माविबाट एसएलसी उत्तीर्ण गरेका पौडेलले पोखराको पोखरा कलेज अफ म्यानेजमेन्टबाट बिविए र काठमाडौं पुरानो बानेश्वरस्थित एपेक्स कलेजबाट एमबिए उत्तीर्ण गरेका थिए ।
कर्ममा विश्वास गर्ने मेहनति स्वभावका पौडेल हाल पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा एमबिए कार्यक्रम संयोजक छन् ।
एमबिए अध्ययन सकेर पोखरा आएका पौडेल पोखराका विभिन्न कलेज हुँदै विगत चार वर्षदेखि जनप्रियमा आबद्ध रहँदै प्राध्यापन पेशामा संलग्ना रहँदै आएका छन् ।
पोखरामा प्राध्यापन गर्दै गरेका उनले अध्ययापन संगै आफनो अध्ययनलाई समेत अघि बढाए ।
पदक पाएपछि पौडेलले भने, म फलको आशा गर्दिन तर कर्ममा भने विश्वास गर्छु, आफूले जे काम गर्न लागेको हो, त्यसमा दृढ भएर लागे सफलता हात पर्दोरहेछ ।
आफ्नो अध्ययन यतिमा मात्र सीमित गर्ने पक्षमा छैनन, अध्ययन गर्न अझै बाँकी रहेको उनी बताउँछन् ।
उनी समयले साथ दिए केही वर्षमा विद्यावारिधि गर्ने सोंचमा छन् । बालयकालमै तीन वर्षको हुँदा आफ्नो बुबा गुमाएका उनले बुबाको माया कस्तो हुन्छ भन्ने स्मरण हुने गरि अनुभव गर्न भने पाएनन् ।
उनी आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना पितालाई दिन चाहन्छन् । ‘मेरो बुबासमेत शिक्षक हुनुहन्थ्यो । मैले पिताको माया कस्तो हुन्छ भनेर स्मरण हुने गरि अनुभव गर्न त पाईन तर उहाँको आदर्शलाई पच्छ्याउने क्रममा यो सफलता हात लागेको हो’, उनले भने ।
अबको देशको आवश्यकता रोजगारीमूलक शिक्षा रहेको भन्दै आउँदा दिनमा आफूले शिक्षा क्षेत्रमा काम गर्ने पौडेल बताउँछन् ।
आफूले गर्न लागेको काममा मेहनत साथ लाग्दा सफलता हात लाग्ने उनको अनुभव छ । अबको देशको आवश्यकता प्राविधिक र जोजगारीमूलक शिक्षा हुनुपर्ने उनको भनाइ छ ।
अब पढ्नका लागि पढ्न भन्दा पनि रोजगारीको लागि पढ्ने शिक्षा आवश्यक रहेकोमा उनको जोड छ ।