arrow

२४ फरार अभियुक्त पक्राउ

logo
रवीन्द्र यादव,
प्रकाशित २०७८ पुष ६ मंगलबार
nepal-police12.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा विभिन्न मुद्दामा फरार रहेका २४ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकी तत्काल सजाय भुक्तान नगरेका लागु औषध मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका  २ जना, कुटपिट मुद्दाका १७ जना, चोरी मुद्दाका २ जना, जाल साझी मुद्दाका १ जना र केही सार्वजनिक अपराध मुद्दाका १ जना फरार अभियुक्तहरू जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २१ वर्षदेखि फरार रहेका साथै अधिकतम ६ महिनासम्म कैद तथा २० हजारसम्म जरिवाना तोकिएका अभियुक्त रहेका छन् । अदालतका अनुसार पक्राउ परेका २४ जना अभियुक्तहरूको जम्मा सजाय १ वर्ष ५ महिना ३० दिन कैद र ५१ हजार ९ सय ५५ रुपैयाँ जरिवाना रहेको छ ।

पक्राउ गरिएका सबै २४ जना फरार अभियुक्तहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत नवलपरासी पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ