arrow

‘सहमतिको सरकार बन्ने सम्भावना न्यून’

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
gorkhaudhghatan.JPG.jpeg
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताएका छन् । 
 
गोरखा समाज सेवा केन्द्र काठमाडौँको ११ औँ साधारणसभा एवम् आठौँ अधिवेशनका क्रममा आज आयोजित कार्यक्रममा नेता श्रेष्ठले संविधान निर्माणमा एकता भएजस्तै कार्यान्वयनमा एकताको खाँचो रहेको बताउँदै भने , “प्रमुख दलबीच सरकारमा सहमति हुन नसके पनि एजेन्डामा सहमति गर्नेतर्फ लाग्नुपर्छ ।” 
 
नेता श्रेष्ठले संविधान कार्यान्वयन, सङ्घीय, प्रान्तीय, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रियाको काम र भूकम्पको पुनःनिर्माणको कामलाई पूरा गरी मुलुकलाई विकासको बाटामा अगाडि लैजानु मुख्य चुनौती भएको उल्लेख गरे । 
 
उनले गोरखाभित्रका पर्यटकीय क्षेत्रको पहिचान, जलविद्युत् आयोजनाको निर्माण, कृषि क्षेत्रको विकास, जडीबुटीको पहिचान गरेमात्र त्यहाँको विकास गर्न सकिने स्पष्ट पारे । 
 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले अहिले मुलुकमा भएको परिवर्तनमा गोरखाको गुणात्मक भूमिका रहेको बताए । काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्रेष्ठले नेपालको संस्कृति र इतिहासको गौरवशाली भूमि गोरखा रहेकाले यसको प्रचारप्रसार गर्नु जरुरी रहेको बताए । 
 
केन्द्रका अध्यक्ष भाष्करकुमार श्रेष्ठ, काँग्रेस केन्द्रीय सदस्य कमला पन्त, नेकपा (एमाले)का नेता वाचस्पति देवकोटा, राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेमकुमार श्रेष्ठ, वरिष्ठ स्नायुरोग विशेषज्ञ डा उपेन्द्र देवकोटालगायतले धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको गोरखाको विकासका लागि दलीय स्वार्थभन्दा माथि उठ्नुपर्ने बताएका थिए । 
 
केन्द्रले नेपालको संस्कृति र इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका संस्कृतिविद् डा जगमान गुरुङ, प्राज्ञ दिनेशराज पन्त र पत्रकार सुशील अर्याललाई सम्मान गरेको थियो । 
 
गोरखामा जन्मिएर काठमाडौँमा कर्मथलो बनाउँदै आएका व्यक्तिको पहलमा २०५२ सालमा केन्द्रको स्थापना भएको थियो । केन्द्रले गोरखाली दाजुभाइ दिदीबहिनीबीच भाइचाराको सम्बन्ध स्थापित गर्नाका साथै गोरखाको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ