arrow

पहिराेले ५ घर बगायो

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
Gulmi-hamrakura.jpg.jpeg
गुल्मी । अविरल वर्षासँगै आएको पहिराेले दर्लिङ गाविसमा पाँच घर बगाएको छ । गत दुई दिनदेखि गएको लगातार गएको पहिराले उक्त गाविसका ५५ भन्दा बढी घरधुरी विस्थापित बनेका छन् । 
 
दर्लिङ गाविस– ३, दुनाम नजिकै रहेको कसिलाबजस्थित दलित बस्तीका पाँच घर पहिराेले बगाएको हो । पहिराेका कारण भिरालो स्थानमा रहेको उक्त दलित बस्तीका ३५ घर समेत उच्च जोखिममा परेको बताइएको छ । पहिराेले विस्थापित स्थानीयवासीले गोठ, आफन्त तथा छिमेकीका घरमा आश्रय लिइरहेका छन् । 
 
उक्त गाविसका अधिकांश घरको भित्रबाट पानी निस्कने, चर्कने र घरै बाङ्गो भएका कारण मानिसहरु विस्थापित भएको दर्लिङ गाविस सचिव गोपाल सेनले बताउनुभयो । अहिले पनि उक्त स्थानमा पानी परेको हुँदा पहिराेको उच्च जोखिम कायमै रहेको बताइएको छ । 
 
उक्त गाविस सदरमुकाम तम्घासबाट ५० किमी टाढा अत्यन्तै दुर्गममा रहेका कारण उनीहरुलाई तत्काल राहत सामग्री पु¥याउन समस्या परेको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ