arrow

चालकसँग बाँके ट्राफिकले गर्‍यो दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
trafic-banke.PNG

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी चलाकहरूसँग ट्राफिक सचेतना कार्यक्रम गरेको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहत चिसापानी ट्राफिक पोष्टमा नेपालगन्जदेखि सुर्खेत र सुर्खेतबाट नेपालगन्जतर्फ आउने सवारीसाधनका चालक तथा सहचालकहरूलाई ट्राफिक सचेतना सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको हो। 

दुर्घटना न्यूनीकरण गर्न गरिएको जनचेतनामूलक ट्राफिक सचेतना कार्यक्रममा १०० बढी सवारीसाधनका चालक तथा सहचालकहरूलाई ट्राफिक नियम बारेमा जानकारी गराइएको चिसापानी पोष्टकी इन्चार्ज प्रहरी हवलदार सबिता रावलले जानकारी दिएकी छिन् ।

जनचेतना कार्यक्रम पश्चात् सबै चालक तथा सह-चालकहरूले ट्राफिक नियमको पालना गर्ने र दुर्घटना न्यूनीकरण गर्न आफू लाग्ने र अरूलाई पनि अभिप्रेरित गर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ