arrow

सरकारमा जाने अलमल हटाउन मोर्चा नेताहरु तमलोपाको संसदीय दलमा

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
Madeshi-Morcha-Meeting.jpg.jpeg
काठमाडौँ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन र सरकारमा सहभागी हुनेबारे मस्यौदा तयार गर्न ९ सदस्यीय समिति गठन भएपछि मोर्चा नेताहरु साझा धारणा बनाउन छलफलमा जुटेका छन् । 
 
तराई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलको कार्यालनमा बसेको बैठकमा समितिमा जाने तीन जनाको नाम टुंगो लगाउने र सरकारमा सहभागि हुनेबारे मध्यमार्गी धारणा बनाउनेबारे छलफल भइरहेको तमलोपा अध्यक्ष महन्थ ठाकुरका स्वकीय सतेन्द्र मिश्रले जानकारी दिए ।
 
बैठकमा मधेसी मार्चामा आवद्ध सात वटै दलका नेताहरु सहभागि छन् । अधिकांश नेताहरुले संसदमा संकल्प प्रस्ताव सम्म पेश गर्ने अवस्था बने सरकारमा जाने बताएपनि राजेन्द्र महतोलगायत केही नेताहरु माग पुरा नभएसम्म सरकारमा नजाने बताइरहेका छन् । उनीहरुलाई अहिले ‘यो गरम् कि त्यो गरम्’ को अलमल भइरहेको छ । अलमल हटाउन उनीहरु छलफलमा जुटेका हुन् । 
 
यसअघि, सिंहदरबारस्थित राज्य व्यवस्था समितिको सभाकक्षमा बसेको बैठकमा काँग्रेस, माओवादी र मोर्चाका तर्फबाट तीन–तीन गरी नौ जनाको समिति गठन भएको थियो । अन्य दलले समेत समिति सदस्यको नामावली बेलुकासम्म टुङ्गो लगाउने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ