arrow

पहिलो पटक सडकमा उत्रिएर के बोले डा. गोविन्द केसीले ? (भिडियो)

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
kcgovindaspeech1.jpg.jpeg
काठमाडौं । सिमसिमे पानीमा काठमाडौंको नयाँ वानेश्वर स्थित एभरेष्ट होटलको बाहिरपट्टी सयौं संख्यामा रहेका उनका समर्थकहरू डा गोविन्द केसीको सम्बोधनको प्रतीक्षामा थिए । उनको १६ दिन लामो आमरण अनसन पछि आफ्ना समर्थकहरूसँगै माईतिघरबाट बानेश्वरसम्म हिँड्न भन्दै आएका केसीले नयाँ वानेश्वरमा आएपछि उपस्थितका माझमा सम्बोधन गरे ।
 
यसरी उनले सम्बोधन गरिरहँदा उनको समर्थनमा नाराबाजी गरिरहेकाहरूले भने यो केसीको सडकमा दिएको पहिलो मन्तव्य रहेको भन्दै चासोका साथ हेरिरहेका थिए । आखिर के बोले त उनले पहिलो सडक भाषणका क्रममा ? 
 
उनले यो लूटतन्त्र हो कि लोकतन्त्र हो भन्दै यदि यो लोकतान्त्र हो भने संबैधानिक आयोगका प्रमुखले यसरी आफ्नो सीमा नाघेर काम गरिरहँदा पनि किन यस विषयमा जनप्रतिनिधिहरूले बोल्न सकिरहेका छैनन् ? भनेर प्रतिप्रश्न गरे । 
उनले यो लोकतन्त्र भई ‘लोकमानतन्त्र’ नरहेको भन्दै भ्रष्टाचारको जालो तोड्न नसके युवाहरूले पनि आगामी पुस्तालाई के सन्देश दिन्छौं भन्दै प्रतिप्रश्न गरे । झण्डै नौ मिनेटसम्म उनले दिएको मन्तव्यलाई हामीले महत्वपूर्ण मन्तव्य समेटेर झण्ठै सात मिनेटको मन्तव्य प्रस्तुत गरेका छौं  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ