arrow

एनआरएनए साउदीले नवौं वार्षिकोत्सव मनायो

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
nrnsaudi.jpg.jpeg
साउदी अरब ।  गैर आवासीय नेपाली संघ साउदी अरबले नवौं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।
 
शुक्रबार अल खोबर स्थित क्लासिक रेष्टुरेण्टमा आयोजित उक्त वार्षिक उत्सव कार्यक्रमा संस्थापक, उत्कृष्ट सदस्य, समाजसेवी, परिचयपत्र छपाई सहयोगी, भूकम्प पीडितका लागि राहत संकलन सहयोगी तथा राहदानी सहजिकरणका स्वयंसेवीहरुलाई सम्मान गरिएको थियो । 
 
नेपाली राजदुवासका साउदी अरबका श्रम सहचारी अम्बिका अधिकारीको प्रमुख आतिथ्य कार्यक्रममा आप्रवासी कामदार कल्याण समितिका संयोजक धरम केसीले कतारमा सम्पन्न मध्यपूर्वको बैठकको निर्णयका बारेमा जानकारी दिएका थिए ।
 
कार्यक्रममा उपाध्यक्ष डम्बर यादवले आर्थिक प्रतिवेदन र महासचिव तेजबहादुर थापाले प्रगतिप्रतिवेदन पेश गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ