arrow

नारायणकाजी पनि ओलीकै लयमा बगेपछि....

logo
प्रकाशित २०७३ साउन १५ शनिबार
narayenkaji-@.jpg.jpeg
काठमाडौं । नयाँ सरकारको दौडमा रहेको दल माओवादी केन्द्रका हेडक्वार्टर सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीकै भाषामा अबको संघीय निर्वाचनलाई प्रतिनिधि सभाबाट सुरु गर्नु पर्ने संकेत गरेका छन् । 
 
नारायण काजी झुक्किए वा सुरुमा स्थानीय तहको निर्वाचन हुन नसक्ने भन्ने प्रधानमन्त्री ओलीकै लयमा बगे । उनले गोरखा सेवा समाज केन्द्रले राजधानीमा गरेको कार्यक्रममा भने, ‘संविधान कार्यान्वयनको पहिलो मुख्य कार्यभार संघीय चुनाव (प्रतिनिधि सभा)को चुनाव, प्रादेशिक चुनाव र स्थानीय चुनाव गर्न राष्ट्रिय एकताको आवश्यकता छ ।’ नेता श्रेष्ठले सुरुमा स्थानीय तहको निर्वाचन हुने भन्नु पर्नेमा सुरुमा प्रतिनिधि सभाको निर्वाचनबाट सुरु गरे । 
 
शुक्रबार मात्रै प्रधानमन्त्री केपी ओलीले आफुले मंसिरमा गर्ने भनेको स्थानीय तहको निर्वाचन गर्ने छाँट नदेखिएको भन्दै सुरुमा प्रतिनिधि सभाको चुनाव गर्न सुझाव दिएका थिए । यद्यपि, ओलीले भने जस्तो सुरुमा प्रतिनिधि सभाको निर्वाचन हुन नसक्ने विज्ञहरुले बताएका छन् । एमालेकै नेताहरुले समते प्रतिनिधि सभाका लागि स्थानीय तहबाटै प्रतिनिधि आउने भएकाले स्थानीय तहको निर्वाचन नगरी अन्य निर्वाचन सम्भव नरहेको बताएका छन् ।
 
 केही दिन अघि एमाले सचिव प्रदीप ज्ञवालीले समेत मंसिरमै स्थानीय तहको निर्वाचन गर्न सम्भव नरहको बताउँदै सुरुमा स्थानीय तहकै निर्वाचन गर्नु पर्ने धारणा हाम्राकुरासंग राखेका थिए । उनका अनुसार नयाँ संविधानले स्थानीय तहको निर्वाचन नगरी अन्य निर्वाचन गर्न नसकिने भनेको छ । 
 
यस्तै, नेता श्रेष्ठले आफुहरुले राष्ट्रिय सहमतिको कुरा गरिरहेपनि व्यवहारिक रुपमै राष्ट्रिय सहमति जुट्न नसक्ने बताए । उनले भने, ‘हामी राष्ट्रिय सहमतिको कुरा गरिरहेका छौं । दुःखका साथ भन्नु पर्छ फेरि पनि राष्ट्रिय सहमतिको सरकार बन्ने व्यवहारिक रुपमै सम्भावना छैन ।’ राष्ट्रिय सहमतिको सरकारका लागि राष्ट्रपतिले दिएको समय सीमा आइतबार सकिँदै छ । दलहरुले फेरि पनि सहमति जुटाउन सकेनन् । मधेस केन्द्रीत दलहरुले राष्ट्रिय सहमति आफुहरुको लाइन नै नभएको बताएका छन् भने, सत्ताधारी एमाललेले आफुहरुको सरकारमा कांग्रेस नआएकाले आफुहरु पनि कांग्रेसले सहयोग गरेको सरकारमा नआउने बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ