arrow

बढुवामा पेलिएका एसएसपी यादव सरकारी निवासमै मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
SSP-Sushil-yadav.jpg

काठमाडौं। नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव आफ्नै सरकारी निवासमा मृत भेटिएका छन्।

सङ्घीय प्रहरी इकाई कार्यालय रुपन्देहीमा कार्यरत रहेका यादव सरकारी निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनी सो कार्यालयमा प्रमुखको भूमिकामा थिए।

प्रहरी प्रधान कार्यालयले उनी झुण्डिएको अवस्थामा मृत फेला परेको पुष्टि गरेको छ। प्रहरी प्रवक्ता वसन्त कुँवरले एसएसपी यादव निवासमै मृत भेटिएको जानकारी दिएका हुन् ।

उनी यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा समेत प्रवक्ताको रूपमा  कार्यरत थिए। उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याची समेत हुन्।

यादव बढुवामा पटक पटक पेलिएका प्रहरी अधिकारीका रूपमा चिनिन्छन्। पछिल्लो पटक डीआइजीमा बढुवाको पर्खाइमा रहँदा उनी परेका थिएनन्। त्यस बखत उनले आफू प्रति अन्याय भएको भन्दै निकटकाहरुसँग गुनासो गर्ने गरेका थिए।

प्रहरी प्रधान कार्यालयले भने घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ