arrow

विद्यार्थीलाई प्रहरीको प्रशिक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
police-student.PNG

दार्चुला । प्रहरीले दार्चुलामा विद्यार्थीहरूलाई प्रशिक्षण दिइरहेको छ । लागु औषध, साइबर क्राइम, बालविवाह लगायत विषयमा प्रहरीले विद्यार्थीहरूलाई प्रशिक्षण दिइरहेको हो । 

समाजमा बढ्दै गएको लागु औषध दुर्व्यसन तथा साइबर अपराधका विषयमा विद्यार्थीलाई सचेत गराउनका लागि विद्यालयमा प्रशिक्षण कक्षा चलाइरहेको दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए । 

जिल्लाका विभिन्न विद्यालयमा पुगेर लागु औषध दुर्व्यसनी, साइबर अपराध, बालविवाह, बहुविवाह लगायत विषयमा प्रशिक्षण दिइरहेको उनले बताए । 

सोही अनुसार शुक्रवार महाकाली नगरपालिका –९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय दत्तुका विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीले जानकारी दिए । 

यसैबीच प्रहरी हवलदार र प्रहरी जवानका लागि सञ्चालित ६ दिने ‘अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण’ तालिम पनि सम्पन्न भएको जनाइएको छ । प्रहरीले पछिल्लो समय लागु औषध नियन्त्रणका लागि जिल्लाका विभिन्न विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ