हेटौंडा । मकवानपुरको मनहरी–३ स्थित रमनटारमा दुई बस आपसमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं गइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।
बिहान साढे ३ बजेतिर भएको दुर्घटनामा ६ जनाको घटनास्थल, २ जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारका क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते ३१ जना घाइते भएका छन् । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ को अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।