arrow

जनताले बक्राहा खोलाको बाँध बाँध्न थाले

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
Flood.jpg.jpeg
पथरी । हप्ता दिनअघि बक्राहा खोलाको बाढीले भत्काएको बाँध निर्माणमा मोरङको राजघाट–३ गंगटे क्षेत्रका सर्वसाधारण आफैँले बाँध निर्माण सुरु गरेका छन् । 
 
एक हप्ताअघि आएको बाढीले सो बाँध भत्काउँदा राजघाट–३ क्षेत्रको १५० मिटर जमिन कटान गरेको थियो । स्थानीयवासी अगुवा नारायण बस्नेतका अनुसार सरकारी निकायलाई बाँध निर्माणका लागि पटक पटक आग्रह गरे पनि सुनुवाइ नभएपछि गाउँले मिलेर तटबन्ध निर्माण सुरु गरेका हुन् । 
 
स्थानीय घलेश्वर राईका अनुसार सो गाउँका सबै सर्वसाधारणले आ–आफैँ रकम उठाएर बक्राहाको बाँध निर्माणका लाग्ने सामग्री खरिद गरेका हुन् । 
 
राईका अनुसार वर्षा भएपछि खोलामा बाढी आएर गाउँ पस्ने डरले राजघाट–३ का स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका छन् । 
 
सो बक्राहा खोलामा आएको बाढी राजघाट–३ हुँदै गाउँ पस्दा गोविन्दपुर, राजघाट, सिजुवा, सौठा, दुर्गापरीलगायतका एक दर्जन गाविसका एक लाख जनता विस्थापित हुने स्थानीयवासी अगुवा नारायण बस्नेतको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ