- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । ईश्वरपुर नगरपालिको कार्यालयमा राखिएको प्रहरीको गाडीमा स्थानीयले आगो लगाएका छन् । व्यवसायी रामकुमार महतोलाई प्रहरीको भ्यानले ठक्कर दिँदा मृत्यु भएको विषयलाई लिएर बजार बन्द गरेपछि स्थिति सामान्य बनाउन आएको प्रहरीको भ्यानमा स्थानीयले आगो लगाएका हुन् ।
इलाका प्रहरी कार्यालय हरिपुरको बा १ झ ७४८२ नम्बरको भ्यानमा नगरपालिको कायलमामै पुगेर स्थानीयले आगो लगाएका हुन । इलाका प्रहरी कार्यालय ईश्वरपुर, सर्लाहीको भ्यानले ठक्कर दिँदा व्यवसायी महतोको मृत्यु भएपछि बयलवास बजार बन्द गरिएको छ ।
महतोलाई प्रहरीको भ्यानले ठक्कर दिँदा मृत्यु भएको स्थानीयको आरोप छ । ईश्वरपुर नगरपालिकाको कार्यालय भन्दा दक्षिण पट्टी ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
ईश्वरपुर नगरपालिका ६ मा फेन्सी पसल सञ्चालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगर तर्फ जाँदै गर्दा प्रहरीको भ्यानले ठक्कर दिएको थियो । आइतबार राती करिब ९ बजे तिर मामा घर जाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ओभरटेक गर्ने क्रममा दुर्घटना हुन पुगेको प्रहरीको भनाई छ । स्थानीयले भने प्रहरीले आफूहरूलाई दुर्घटनाको बारेमा जानकारी नगराएको र एकै चोटि मृत्यु भइसके पछि मात्र जानकारी गराएको आरोप लगाएका छन् ।