arrow

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन नेता कमल थापाको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १३ मंगलबार
kamal-thapa6.jpg

काठमाडौं । राप्रपा नेता कमल थापाले नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको जन्म जयन्तीका अवसरमा सार्वजनिक विदा दिन सरकारसँगमा माग गरेका छन् ।

पुस २७ गते मनाइँदै आएको राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी जयन्तका दिन सार्वजनिक विदा दिन माग गरेका हुन् । उनले सामाजिक संजालमार्फत  राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदा दिन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्,‘ राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो। उहाँको योगदान कुनै संस्था/प्रणालीसँग सम्बन्धित छैन । राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो। राष्ट्रनिर्माताको सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रुपमा मनाउन,सार्वजनिक बिदा दिन आग्रह गर्दछु ।’

लोकतन्त्रपछि गठन भएका सरकारले एकता दिवसको बिदा कटौती गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ