arrow

देउवाद्धारा नेतृ महालक्ष्मी (डिना) लाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
dina-upadaya.jpg.jpeg

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेतृ महालक्ष्मी (डिना) उपाध्यायलाई पार्टी विधानको दफा २२ को उपदफा ठ बमोजिम केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन ।

 

हालसम्म देउवाले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला गगन थापा लगायत  सुरूमा सात जना र पछि तीन जना गरी दस जना मनोनित गरिसकेका छन् । अब दलित, जनजाति र मुस्लिम कोटाबाट एक–एक जनासहित १० जनाको मनोनय गर्न बाँकी रहेको छ ।

 

पूर्व केन्द्रीय सदस्य एवं सांसद उपाध्यायलाई आइतबार मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले  प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् । नेतृ उपाध्ययले ११ औ महाधिवेशनमा खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार दिएर पराजित भएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ