arrow

तीन दिन देखि अवरुद्ध मध्यपहाडि पुष्पलाल लोकमार्ग नखुल्दा यात्रीहरु मर्कोमा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ साउन १६ आइतबार
madyapahadimarga.jpg.jpeg
पाँचथर । अविरलको वर्षासँगै सडकमा झरेको ढुंगा र पहिरोका कारण तीन दिनदेखि अबरुद्ध मध्यपहाडी पुष्लोकमार्गको पाँचथर र तेह्रथुम खण्ड अझै खुल्न नसक्दा यात्रीहरु मर्कोमा परेका छन् ।
 
अविरल वर्षासँगै पाँचथरको फिदिम ५ सरखण्डे क्षेत्रमा मात्रै आधा दर्जनभन्दा बढी स्थानमा पहिरो गएकोले पहिरो पन्छाउन समय लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नावय उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
 
पहिरो गएर सडक अवरुद्ध भएपछि तेह्रथुमको आठराई क्षेत्रका चुहानडाँडा र संक्रान्ती बजारबाट पाँचथरको सदरमुकाम फिदिम हुँदै ईलाम र झापाको विर्तामोडतर्फ हिँडेका यात्रीहरु बाटोमै अलपत्र परेका छन् भने कोही पैदल यात्रा हिडेर फिदिमसम्म आइपुगेका छन् ।
 
च्याङथापु र ओयाम क्षेत्रमा पनि दर्जनभन्दा धेरै स्थानमा पहिरो र ढिस्कोले बाटो अवरुद्ध गराएको प्रहरीको भनाइ छ । पहिरो पन्छाउन प्रहरी सहितटोलि परिचालन भए पनि ठूला ढुङ्गा झरेकाले पन्छाउन समय लागेको प्रनाउ कोईरालाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ