arrow

बेलायती युवराज्ञीकी बहिनीले गरिन् सगरमाथामा ज्यान गुमाएकाको सम्झनामा हिमाल आरोहण

माइकल म्याथविजको सन् १९९९ मा ऐभरेष्ट आरोहण गर्ने क्रममा आँधीब्यारी संकटमा परि ज्यान गएको थियो

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
Pippa_Middleton.jpg.jpeg
एजेन्सी।  यो दुख र पीडाबीचको सफलता भएपनि पीपा मिडलटनको लागि यो एउटा उमंगको क्षण हो। ३२ वर्षीय पीपाले आफ्ना प्रेमी जेम्स म्याथविजका कान्छा भाइको मृत्यु सम्मानमा आरोहण गरेकी हुन्। माइकल म्याथविजको सन् १९९९ मा आरोहणको क्रममा ठूलो आँधी संकटमा परि ज्यान गएको थियो। 
 
सफल आरोहणपश्चात् तल आएको करिब एक घण्टापछि कुरा गर्दै पीपाले आफुलाई आरोहण गर्न प्रेरित गर्ने तत्वको खुलासा गरिन्। उनले यो साहसी कार्य आफ्नो प्रेमीसँग बाढ्न चाहेको कुरा पनि व्याक्त गरिन्। 
 
उनका भाइ जेम्स मिडलटनले पिपालाई उनको अभियानमा साथ दिएका थिए। पिपा मिडलटन बेलायती युवराज्ञी केट मिडिलटनकी बहिनी हुन्। 
 
उनले म्याटरहर्न नामक हिमाल चढेकी हुन्। उक्त हिमाल फ्रान्स स्थित आल्प्स हिमालाय क्षेत्रमा अवस्थित रहेको छ।
 
आइतबार डेली मेल अनलाइनसँग कुरा गर्दै पीपाले भनिन्- “यो कदम थोरै महत्वपूर्ण थियो ताकि एउटा विश्वको सुन्दर चुचुरो चढ्न सक्नु र माइकल म्याथविज जस्तो एउटा असाधारण व्याक्तिको सम्झँनामा निर्माण भएको च्यारिटीको लागि आर्थिक संकलन गर्नु”। “विगतमा पनि मैले माइकल म्याथविज फाउण्डेसनको लागि आर्थिक संकलन गरेपनि अब झन यो कार्य म र मेरो परिवार दुबैका लागि थप महत्वपूर्ण बनेको छ”, उनले भनिन्। 
 
“म र मेरो भाइ दुवैले माइकललाई कहिल्यै नदेखेको भएपनि हामीले उनको आत्मा र लगावलाई हिमाललाई बाढौं। माइकलको त्यो प्रयास हामीलाई घच्घच्याउनका लागि हुनसक्ने कुरा थाहाँ पाएपछि, हामीले यो आरोहण गर्यौ”, पीपाले भनिन्। 
 
उनले फेरि भनिन्,- “यो एकदमै राम्रो क्षण हुने थियो, यदि यो अनुभब बाढ्न मेरो प्रेमी पनि यहाँ भइदिएको भए, र मलाई थाहाँ छ उनले यो सबै गर्न मन पराउँथ्यो पनि”। 
 
यो संसारको चुचुरोको लागि लगाव थियो जसले माइकललाई पनि सानदार सहरको जाँगिरदेखि ऐभरेष्टको यात्रासम्म पुर्यायो जहाँ उनि सन् १९९९ मा चुचुरोमा पुग्ने पहिलो कम उमेरको ब्रिटेन नागरिक बने। 
 
माइकलको नाममा स्थापित संस्थाले विश्वको केहीँ दुर्गम भेगका बच्चाहरुलाई शिक्षा प्रदान गर्दे आएको छ। यो संस्था बर्मा, थाइल्याण्ड लगायत तान्जेनिया मुलुकमा पनि स्थपित छन्। अधिकांश कोष संकलन कार्य जेम्स म्याथविजद्वारा खेलकुद कार्यक्रमहरबाट हुने गर्दछ। 
 
पीपाले अन्तमा एउटा अन्तर्वातामा कुरा गर्दै आफुले यी सबै अनुभवलाई शब्दमा बयान गर्न नसकिने र आरोहणका बेला मौसम अनुकुलता पनि मिलेकाले सबै कुरा सहज भएको कुरा व्याक्त गरिन्।
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ