arrow

नयाँ मोदी-लाहाचोक प्रसारण लाइन सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १४ बुधबार
Modi.jpg

पोखरा । नयाँ मोदी (पर्वत)-लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी-लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ मोदी-लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको छ ।

लाहाचोकमा १३२/३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेसनवाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति दिइनेछ ।

आयोजना अन्र्तगत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ । एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजना अन्र्तगत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणधीन अवस्थामा छ ।

सन् २०१८ जुलाई २१ वाट सुरु भएको उक्त आयोजनाको नयाँ मोदी-लाहाचोक खण्डको निर्माण स्थानीयको अवरोध साथै बन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ