arrow

नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर छ : अध्यक्ष राणा

स्थायी सरकार नभएका अवस्थामा बिदेशीले हेप्छन्

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
Pashupati-shamsere-new-presd.jpg.jpeg
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले स्थायी सरकार नभएका अवस्थामा बिदेशीले हेप्ने बताएका छन् । रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मुलुकमा स्थायी सरकार नभए र कमजोर हुँदा नेपालमाथि बिदेशी हस्तक्षेप हुने गरेको बताए ।
 
बिगतको सरकार छोटो छोटो समयका देखिएकाले यो सरकारको गठबन्धन अलि लामो समय सम्म टिक्न सक्ने भन्दै यो सरकारले स्थिर गठबन्धन बनाउने तर्फ ध्यान दिनु पर्नेमा उनले जोड दिए ।राप्रपा नेपालसँग छलफल गरेर मात्र आफ्नो पार्टी नयाँ बन्ने सरकारमा जाने नजाने टुंगो लाग्ने भन्दै उनले भने नजिकिँदै गरेको निर्वाचनलाई ध्यान दिएर सरकारमा जानु पर्ने आफ्नो पार्टीको भनाई रहेको छ ।
 
 लामो समयदेखि दुई राप्रपाको एकिकरणको बिषय चर्चा परिचर्चामा रहेको भन्दै अध्यक्ष राणाले एकिकरण अन्तिम चरणमा पुगेको र छिट्टै एकता हुने बताए । दुई पार्टीको एकिकरण पछि पार्टी राज्यको एउटा महत्वपूर्ण शक्तिको रुपमा हुने समेत अध्यक्ष राणाको दाबी रहेको छ ।
 
हिन्दुराज्यको सबालमा सबै धर्मलाई सम्मान हुने खालको र ॐकार परिवारलाई विशेष मान्यता दिने हिन्दु गणतन्त्रको पक्षमा पार्टी रहेको उनको भनाई छ । आफूहरु हिन्दु गणतन्त्रको पक्षमा रहेको भन्दै अध्यक्ष राणाले गणतन्त्र कि राजतन्त्रसँगै सघियताको बिषयलाई महाधिबेशनले निर्णय गर्ने बताए ।
 
मधेशको जायज मुद्दालाई सम्बोधन नगरि मुलुक अघि बढेन नसक्ने भन्दै अध्यक्ष राणाले दुई मधेश प्रदेश बनाई पश्चिमको मधेशबाट पहाडी जिल्ला छुट्याउनु पर्ने र बाँकि समस्या आयोगले समाधान गर्ने छ यदि यति गर्न सकिएमा मधेशको समस्या समाधान हुने उनको भनाई छ ।
 
एमाले अध्यक्ष केपी नेतृत्वको सरकारले केही काम गर्न नसकेकाले राप्रपा उक्त सरकारको हैरान साझेदार मात्र बनेको उनले प्रष्ट पारे । 
 
चीनसँगको सम्बन्ध बिस्तारलाई अझै ब्यापक बनाउने तर्फ नयाँ बन्ने सरकारले ध्यान दिनु पर्ने र चीन बिरोधी गतिबिधि नियन्त्रण गर्दै अगाडि बढनु पर्ने भन्दै नेपालमा चिनियाँ राष्ट्रपतिलाई  स्वागत गर्न नेपाल आतुर रहेको उनले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ