arrow

उदास चेल्सी, सिटीलाई आठ अंकको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
chelsea-upset.JPG

काठमाडौं । शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इङ्गलिश प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ। बुधबार राति भ्रमणकारी टोली सिटीका लागि  फिल फोडेनले १६ मिनेटमा  निर्णायक गोल गरेपछि सिटीले १६ औं जित निकालेको हो । 

खेलको ८८ मिनेटमा सिटीका लोपार्टोले गोल गरेपनी भारले त्यसलाई मान्यता दिएन । गएराति नै भएको खेलमा चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न वाध्य भयो । 

रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाए पनि ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे । 

जितसँगै सिटीले २० खेलबाट ५० अंक बनाएको छ ।  दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ  ।

आज म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा बर्नलीसँग खेल्नेछ । एभर्टन र न्यूकासल युनाइटेडबीचको खेल भने स्थगित भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ