arrow

काँग्रेसबाट सरकारको नेतृत्वमा पठाउनेबारे अझै अनिर्णीत

logo
महेश गौतम।
प्रकाशित २०७३ साउन १६ आइतबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं। नयाँ सरकारकाबारे राजनीतिक बृतमा विभिन्न चर्चा परिचर्चा चलिरहँदा नेपाली कांग्रेसबाट कसले सरकारको नेतृत्व गर्लान भन्ने विषयमा यतिबेला अड्कलबाजि  चलिरहेको छ। काँग्रेस नेताहरु नै यस विषयमा अड्कलबाजि लगाई रहेका छन्। गएको नेपाली कांग्रेसको महाधिवेशनमा शेर बहादुर देउवालाई राजनीतिक जीवन दाउमा राखेर सहयोग गरेका नेता अरजुनरसिंह केसीलाई सरकारको नेतृत्व दिनेमा सभापति देउवा पुगेको एक थरी नेताहरुको बताउँछन्। त्यस्तै शेर बहादुर देउवालाई जस्तै असहज परिस्थितिमा पनि साथ दिइरहेका नेता विमलेन्द्र निधीलाई नै देउवाले सरकारको नेतृत्व दिनेमा अर्काथरि कांग्रेसी नेताहरु बताउँछन्। तर यस बिषयमा अझै टुङगो नै भने लागेको छैन। 
 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने र काँग्रेसले गृह सहितका महत्वपर्ण मन्त्रालय पाउने सहमती नेतृत्व तहबाट गरिएको भए पनि अहिलेसम्म सरकारको नेतृत्वमा पाटीका तर्फबाट को जाने भन्ने विषयमा निर्णय भइनसकेको देउवा निकट केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए। उनले केसी, निधी वा अरु कोहीले पनि नेतृत्व गर्न सक्ने भन्दै त्यसका लागि पार्टीको निर्णय पर्खनु पर्ने बताए। सभापति यस विषयमा छलफलमा नै हुनुहुन्छ छिटै औपचारिक निर्णय हुनेछ नेता रिजालले भने। 
 
यता महाधिवेशनको ऋण देउवाले तिर्ने सोच राखिरहेका खुम बहादुर खड्का देउवाले आफुलाई पाटीको उपसभापतिमा मनोनित गर्ने आश मात्र हैन दवाव समेत दिइरहेका बताइन्छ। यि सबै कारणले देउवालाई मन्त्री भागबण्डा लगाउन झन असजिलो परेको बताइन्छ। यस विषयमा पार्टी सभापतिसँग स्वयम निकट सहयोगिहरुले असहमति जनाएका छन्। जसले विमलेन्द्र निधिलाई पदाधिकारीमा बलियो हुन बल पुगेको नेताहरु बताउछन्। त्यस्तो अवस्था आए नेता अर्जुन नरसिंह केसीले नै सरकारमा नेतृत्व गर्दै जाने अनुहार हुनेछन्। बाँकी कृष्ण प्रसाद सिटौलालाई मिलाउन उनलाई सरकारको नेतृत्व भन्दा पनि उनका निकटका काठमाण्डौंका पुर्व पार्टी सभापति भिसेनदास प्रधान र झापका सुधिर शिवाकोटीलाई मन्त्री बनाएर मिलाइने सम्भावना रहेको बताइन्छ। 
 
यस्तै बरिष्ठ नेता राम चन्द्र पौडेलले पनि आफ्नो तर्फबाट नाम सभापतिलाई बुझाउने तयारी गरिरहेको बुझिएको छ। उनले सभापति देउवालाई ४५ प्रतिशत मन्त्री आफ्ना लाइनका पर्नु पर्ने भन्दै छलफल चलाइरहेको पौडेल निकटका नेताहरु बताउछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ