arrow

अवरुद्ध महेन्द्र राजमार्ग एकतर्फी सञ्चालनमा आयो

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष १५ बिहिबार
269959064_964249854507096_5523744616605420692_n.jpg

नवलपुर । मङ्गलवार राती देखि अवरुद्ध भएको पूर्व पश्चिम महेन्द्र राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

लगातारको झरीले कावासोतीको खरकट्टामा रहेको डाइभर्सनमा क्षति पुर्‍याए पछि अवरुद्ध सडक डाइभर्सन मर्मत गरेर एक तर्फी रूपमा सञ्चालनमा ल्याइएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मङ्गलवार राती देखि जाममा परेका सवारीलाई आलोपालो गरेर गन्तव्यमा पठाउने काम भई रहेको छ । डाइभर्सन मर्मतको काम भई रहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन भने समय लाग्ने प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम सडक बिस्तारको क्रममा बनाउन लागिएको दर्जनौँ साना, ठुला पुल र कल्भट निर्माण गरिएका ठाउँमा सवारी आवतजावत गर्ने ठाउँमा बनाइएका डाइभर्सनहरूमा सानो पानी पर्दा पनि क्षति भएर सवारी आवागमन हुन नसक्ने समस्या पटक पटक आइरहँदा पूर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रुले भने निकै सास्ती भोग्नु परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ