arrow

प्रिमियर लिग बिजेता लेस्टर पराजित, लिभरपुल र बायर्न बिजयी

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
Liverpool_Acmilan.jpg.jpeg
काठमाडौं। अन्तराष्ट्रिय च्याम्पियन्स कप फुटबलमा गत सिजनको इङ्लिस प्रिमियर लिग विजेता लेस्टर सिटीलाई नमिठो झट्का लागेको छ। लस ऐन्जलमा भएको खेलमा पेरिस सेन्ट जर्मनसँग लेस्टर सिटीले ४-० को पराजय बेहोरेको छ।
 
पिएसजीका लागि एडिसन क्याभानीले पेनाल्टी मार्फत खेलको २६ औं मिनेटमा गोल गर्दै टीमलाई सुरूवाती अग्रता दिलाएका हुन्। पहिलो हाफको अन्त्यतिर नानिटामो जोनाथन आइकोनले गोल गर्दै टीमको अग्रता दोब्बर बनाए। 
 
यसैगरी टीमका लागि लुकास मोराले खेलको ६४ औं मिनेटमा तेस्रो गोल गरे भने ओडसनले थप एक गोल गर्दै टीमलाई ४-० को जित दिलाए।
 
खेलमा जुलियन ग्रिन चम्किएपछि जर्मन क्लब बार्यन म्युनिखले इन्टर मिलनमाथि ४-१ को सहज जित हात पारेको छ। 
च्याम्पियन कप अन्तर्गत इन्टर मिलन विरुद भएको खेलमा बार्यन म्युनिखका लागि २१ वर्षीय जुलियन ग्रिनले पहिलो हाफ अगावै सानदार ह्याट्रिक गर्दै टीमलाई सहज जित दिलाएका हुन्। टीमका लागि थप एक गोल भने फ्राङ्क रिबेरीले गरेका हुन्। 
 
यता बार्यन म्युनिख विजयी हुँदा उता इङ्लिश क्लब लिभरपुलले पनि एसि मिलन माथि २-० को जित हात पारेको छ। डिभोक ओरजि र रोबर्टो फिरमिनोले समान एकएक गोल गर्दै टीमलाई जीत दिलाएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ