arrow

भारतमा कांग्रेस पूर्व मन्त्रीको घरमा एक नेपाली मृत फेला

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
Death-body-nepali-simbol.jpg.jpeg
काठमाडौं । रोजगारीका लागि विदेशीने नेपालीको मृत्यु भिन्न भिन्न प्रकृतिबाट हुने गरेको छ । छिमेकी भारतमा समेत कयौं नेपाली श्रम गरिरहेका छन् । ती मध्येका केही मात्रै उच्च घरनामा पुग्दछन् ।
 
उच्च घरानामा पुगेकाको आशा पनि ठूलै हुने गर्दछ । तर, एक ४० वर्षीय नेपाली पूर्व मन्त्रीकै घरमा मृत भेटिएका छन् । रहस्यमय मृत्यु वरण गर्ने नेपाली हुन् भरत सिंह ।
 
उनी दिवंगत पूर्व कांग्रेस मन्त्री हर्नाम दास जोहरको मोडल टाउनस्थित घरमा मृत भेटिएको भारतीय समाचार संस्था ऐक्प्रेस न्यूज सर्भिसले जनाएको छ। 
 
मृतक भरत सिंह विगत ३ वर्षदेखि जोहरको घरमा सहयोगीको रुपमा काम गर्दै आएका थिए। हर्नाम दासका छोरा अजय जोहर आफ्ना परिवारका साथ चेन्नाइमा बस्ने गरेको र भरत सिंह अरु दुई सहयोगीका साथ जोहरका घरमा बस्दै आएका बताइएको छ । 
 
मोडल टाउन प्रहरीले घटनाको खबर शनिवार बिहान पाएको थियो । खबर पश्चात घटनास्थल पुग्दा भगत सिंह सिलिङमा झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले शवलाई पोष्टमार्टमको लागि सिभिल अस्पताल पठाएको र घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । –एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ