arrow

सुन जस्तै देखिने बस्तुसहित दुई जना पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
like-gold.jpg

नेपालगन्ज । नेपालगन्जबाट सुनजस्तो देखिने पहेँलो रङ्गको धातुसहित दुई जना पक्राउ परेका छन् । बाँके प्रहरीले नेपालगन्जको राँझा चोकबाट गए राती ८ बजेतिर सुनजस्तो देखिने पहेँलो रङ्गको धातुसहित दुई जनालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक ईश्वर गिरीको कमान्डमा खटिएको प्रहरी टोलीले बारेकोट ६ जाजरकोटका २२ वर्षीय राजु कार्की र सोही ठाउँका २९ वर्षीय पूर्ण बहादुर विकलाई पक्राउ गरेको हो । 

उनीहरूको साथबाट २ लाख ७७ हजार मूल्य बराबरको सुनजस्तो देखिने एक बिस्कुट पहेँलो रङ्गको धातु र ४ लाख रुपैयाँको एक थान चेक बरामद गरिएको हो । 

प्रहरी निरीक्षक गिरीका अनुसार त्यस ठाउँमा अवैध रूपमा सुनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ