arrow

सरकार भारत र राजाको भूतले ढालेको होइन : बाबुराम

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासकीय स्वरुपमा जाऔं

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
Baburam-bhattrai-stage.jpg.jpeg
दाङ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको कुनै हात नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा भट्टराईले नेपालको सत्ता परीवर्तनमा भारत र राजालाई निकै चर्चाको विषय बनाउने गरिएको सुनाए ।
 
उनले भने, ‘कमजोर शासकीय प्रणालीका कारण मुलुक माथि उठ्न सकेको छैन ।’ सत्ता परिवर्तनमा सँधै भारत र राजालाई भूतका रुपमा हेर्नु गलत प्रवृत्ती हो । कमजोर शासकीय प्रणालीले सरकार गिर्ने गरेको बताउँदै भट्टराईले संसदीय व्यवस्थाबाट देशको विकास र राजनीतिक स्थिरता नहुने बताए । 
 
भट्टराईले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय स्वरुपमा मुलुकलाई लैजानुपर्ने बताए । संविधान घोषणाताका भारतले गरेको आग्रहलाई शीर्ष तीन नेताले बेवास्ता गरेको भन्दै रुष्ट बनेका भट्टराई प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने अलाइन्समा छन् । 
 
नेपालका राजनीतिक दल र शासकीय प्रणालीको कमजोरीका कारण सरकार परिवर्तन भइरहने रीत बसेको उनको भनाई छ । नेपालका हरेक सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनमा जनताकै महत्वपूर्ण देन रहेको बताउँदै भट्टराईले भने, ‘नेपालमा ठूला राजनीतिक परिवर्तन भए पनि कतिपयलाई भारत र दरवारको भूत कहिलै छोडेन ।  यो भूत नहट्दासम्म नेपालको समृद्धि सम्भव छैन ।’ हामी समयमा गर्नु पर्ने काम र विषयलाई महत्वका साथ लिँदैनौं । पछि उछित्तो काट्छौं । 
 
हरेक वर्ष भारतले बनाएका बाँधले नेपालको तराई क्षेत्र डुबानमा परे पनि कहिल्यै भारतसँग उपलब्धिमूलक वार्ता हुन नसकेको भट्टराईको टिप्पणी छ । यद्यपि, तराईमा अहिले भइरहेको समस्याबारे सरकार आफु गम्भीर रहेको बताइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ