arrow

गोकर्ण रिसोर्टको सेयर हस्तान्तरणबारे संसदको समितिमा छलफल

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
gokarnaresort.jpg.jpeg
काठमाडौँ।  व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा गोकर्ण रिसोर्टको सेयर ‘एलएम सुविर ब्रदर्स’ (नेपाल) ले ‘यति होल्डिङ्स’का नाममा हस्तान्तरण गरेका विषयमा छलफल भएको छ  । 
 
छलफलमा नेपाल ट्रस्टको कार्यालयका कार्यकारी सचिव भीमप्रसाद उपाध्यायले ब्रदर्सले सेयर हस्तान्तरण ढिला भयो भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि पत्र प्राप्त भएको र प्रक्रिया अनुसार नै सेयर हस्तान्तरण भएको बताए । 
 
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले विदेशी कम्पनी नेपालमा दर्ता भए पनि सेयर निष्काशन गर्ने अधिकार नहुने बताए  ।
 
 सो विषयमा थप छलफल गर्नुपर्ने भएकाले आगामी बैठकमा सरोकार भएकाहरुलाई बोलाएर निष्कर्षमा पुगिने सो अवसरमा जानकारी गराइयो । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ